इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

काठमाडौँ – इरानअमेरिका बीचको शान्ति वार्ताको पहिलो चरण सम्पन्न भएको छ । बीबीसी का अनुसार हिजो दिउँसोदेखि सुरू भएको वार्ता रातभर चलेको थियो । वार्तामा उठेका विषयहरू हाल गोप्य राखिएको छ भने सहमति हुने वा अर्को चरणमा जाने विषय अझै स्पष्ट भएको छैन । दुवै पक्षले आ–आफ्नो अडान कडा रूपमा प्रस्तुत गरेका कारण प्रगतिको विवरण सार्वजनिक गरिएको छैन ।

पाकिस्तान को मध्यस्थतामा इस्लामावादमा जारी वार्तालाई मध्यपूर्वमा जारी तनाव अन्त्यतर्फको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । वार्ताअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ सँग इरानी र अमेरिकी प्रतिनिधिमण्डलले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । वार्तामा इरानको परमाणु कार्यक्रम, हर्मुज जलमार्ग, तथा लेबनानसँग सम्बन्धित क्षेत्रीय तनावका विषयमा छलफल भएको बताइएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले हर्मुज जलमार्ग ‘सफा गर्ने’ कार्य सुरू गरिएको दाबी गर्दै उक्त मार्ग हुँदै अमेरिकी युद्धपोतहरू पार भएको बताएका छन् । उनले इरानले युद्धमा ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै उक्त रणनीतिक जलमार्ग अझै जोखिमपूर्ण रहेको स्वीकार गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्