संसदीय समितिका सभापति चयनका लागि वैशाख ४ गते निर्वाचन हुने

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ ।

सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभाको बैठकमा नियमावली २०७९ को व्यवस्था अनुसार निर्वाचनको मिति र समय तोक्नुभएको हो ।

उहाँका अनुसार वैशाख ४ गते शुक्रबार दिउँसो १ बजे सभापतिहरूको निर्वाचन हुनेछ । यस निर्वाचनसँगै प्रतिनिधिसभाका सबै विषयगत समितिहरूले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्