कतारद्वारा ३ नेपालीलाई आममाफी

काठमाडौं । कतारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ । रमदान को अवसरमा कतारी आमिरले उक्त आममाफी प्रदान गरेका हुन् । परराष्ट्र मन्त्रालय का प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले तीन नेपालीलाई आममाफी दिइएको जानकारी दिएका छन् ।

आममाफीपछि नेपाल सरकारले कतारप्रति धन्यवाद व्यक्त गरेको छ । नेपाल–कतारबीचको कूटनीतिक सम्बन्ध लामो समयदेखि प्रगाढ रहँदै आएको उल्लेख गर्दै यस घटनाले सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्