लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजार कार्ड उत्पादन

काठमाडौं – सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र पारेको जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक झन्डै ४० हजार हाराहारीमा लाइसेन्स छपाइ भइरहेको छ ।

अहिलेसम्म छपाइ हुन बाँकी करिब २९ लाख लाइसेन्स २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ । यसमध्ये आउँदो वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, सेवाग्राहीलाई सहज बनाउन यातायात व्यवस्था विभाग ले दैनिक छपाइ तथा वितरण हुने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ । छपाइ सम्पन्न भएका लाइसेन्स हुलाक सेवामार्फत देशभरका विभिन्न यातायात कार्यालयमा छिटो पठाउने व्यवस्था गरिएको केन्द्रले जनाएको छ, जसले वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्