श्रममन्त्री दीपककुमार साह बर्खास्त, स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले दीपककुमार साह लाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पदबाट बर्खास्त गर्नुभएको छ । स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिसम्बन्धी विवाद सार्वजनिक भएपछि पद सम्हालेको दुई हप्तामै प्रधानमन्त्री शाहले उक्त निर्णय लिनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिशमा मन्त्री साहलाई पदमुक्त गरिएको हो । पार्टी सभापति रवि लामिछानेको हस्ताक्षरसहितको पत्रमार्फत कारबाही सिफारिश गरिएको थियो । रास्वपाको अनुशासन समितिको अध्ययनअनुसार मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै स्वास्थ्य बीमा बोर्डमा आफ्नी श्रीमतीलाई संलग्न गराएको आरोप लागेको छ । सोही आधारमा पार्टीको ‘राइट टु रिकल’ व्यवस्थाअनुसार उनलाई जिम्मेवारीबाट हटाउन सिफारिश गरिएको हो ।

यसैबीच, प्रधानमन्त्री शाहले निशा मेहता लाई स्वास्थ्यमन्त्रीका रूपमा जिम्मेवारी निर्वाहमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै चेतावनीसमेत दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्