उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । हर्कराज राईले जारी गरेको सूचनाअनुसार आजै दिउँसो २:३० बजे उम्मेदवारहरूको नाम दर्ता क्रमअनुसार प्रकाशन गरिनेछ ।

निर्वाचन भने यही चैत २७ गते हुने तय गरिएको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरक-फरक लिङ्ग तथा फरक दलबाट हुनुपर्ने व्यवस्था रहेको छ । यसले उपसभामुख कसले पाउने भन्ने विषय अझै अनिश्चित बनाएको छ । प्रतिनिधिसभा नियमावली को नियम ७ अनुसार सभामुखले तोकेको मिति र समयमा उपसभामुखको निर्वाचन हुने व्यवस्था छ, जसअनुसार सभामुख डोलप्रसाद अर्यालले मिति तोक्नुभएको हो ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सांसदसहित स्पष्ट बहुमत रहेको छ । त्यसैले रास्वपाले समर्थन गर्ने उम्मेदवार नै उपसभामुखमा निर्वाचित हुने निश्चितजस्तै देखिएको छ । हालसम्म रास्वपाले कसलाई समर्थन गर्ने भन्ने निर्णय भने सार्वजनिक गरिसकेको छैन र अन्य दलहरूसँग छलफल जारी रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्