प्रहरी निरीक्षक बिनुकुमारी शाही सहित पाँच जनाले अदालतबाट पाए सफाइ

ललितपुर । ‘हनी ट्र्याप’ मार्फत आपराधिक लाभ लिएको आरोपमा मुछिएका प्रहरी निरीक्षक बिनुकुमारी शाही सहित पाँच जनाले अदालतबाट सफाइ पाएका छन् ।

मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले एक जनालाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई सफाइ दिएको हो ।

अदालतले अभियुक्त तजम्मुल इसलाम लाई दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

यस प्रकरणमा प्रहरी निरीक्षक शाहीसहित सुस्मा विश्वकर्मा, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेल विरुद्ध मुद्दा दायर गरिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते ६ जनाविरुद्ध आपराधिक लाभ लिएको कसुरमा मुद्दा दायर गरेको थियो ।

अभियोगअनुसार उनीहरूले संखुवासभा घर भई ललितपुरको सानागाउँ बस्ने इन्द्रकुमार राईसँग जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिँदै ६० लाख रुपैयाँ माग गरेका थिए । पछि ३० लाख रुपैयाँ असुल गरेको आरोप लगाइएको थियो ।

तर अदालतले प्रहरी निरीक्षक शाहीसहित पाँच जनाविरुद्ध प्रमाण नपुगेको ठहर गर्दै सफाइ दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्