अब प्याकेज सकिँदा स्वतः ब्यालेन्स नकाटिने

काठमाडौंनेपाल टेलिकम को डाटा प्याकेजसम्बन्धी सेवामा सुधार गरिएको छ । अब डाटा प्याकेज सकिएपछि स्वतः मोबाइलको मुख्य ब्यालेन्सबाट रकम काटिने व्यवस्था अन्त्य गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का अनुसार ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भएपछि एसएमएस तथा मोबाइल एपमार्फत सूचना पठाइनेछ । त्यसपछि मात्र ग्राहकलाई आवश्यकताअनुसार प्याकेज नवीकरण गर्न अनुरोध गरिने व्यवस्था लागू गरिएको छ ।

यसअघि डाटा सकिएलगत्तै स्वतः मुख्य ब्यालेन्सबाट रकम कट्ने गुनासो बढेपछि मन्त्रालयले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार ग्राहकले चाहेमा मात्रै ‘पे-एज-यू-गो’ प्रणाली प्रयोग गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न इच्छुक ग्राहकले *444# डायल गरी सेवा इनेबल वा डिसेबल गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्