काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको स्वरमा नयाँ आधुनिक गीत “यो शहरमा” सार्वजनिक भएको छ । उक्त गीत सानुभाइ खड्काको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा वरिष्ठ संगीतकार राजनराज शिवाकोटीले संगीत दिनुभएको छ भने संगीत संयोजन बिजेश्वर राज तण्डुकारले गर्नुभएको छ ।
गीतको भिडियोमा अस्मिता जुरेली, जुनु कार्की र सौर्य तिरुवा को आकर्षक नृत्य देख्न सकिन्छ । भिडियो निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गर्नुभएको हो ।
लामो समयपछि इन्दिरा जोशीको स्वरमा आधुनिक नृत्य शैलीमा आएको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।







