काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट लाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्ट यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकका रूपमा कार्यरत रहनुभएको थियो र केही समयअघि मात्रै अवकाश लिनुभएको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ले उक्त निर्णयबारे जानकारी दिनुभएको हो ।







