काठमाडौं – प्रतिनिधिसभा को बैठक आज बस्दैछ । बैठक मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा सञ्चालन हुने सङ्घीय संसद् सचिवालय ले जनाएको छ ।
आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।







