ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज, पुनः हिरासत अवधि नथप्न निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट अदालतले खारेज गरेको छ ।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।यद्यपि अदालतले परमादेश जारी गर्दै थपिएको हिरासत अवधि सम्बन्धमा स्पष्ट निर्देशन दिएको छ । आदेशअनुसार तेस्रो पटक थपिएको पाँच दिनको म्यादभित्र अनुसन्धान कार्य सम्पन्न गरी मुद्दा चलाउने वा नचलाउने निर्णय लिनुपर्नेछ ।

अदालतले उक्त म्यादपछि पुनः हिरासत अवधि नथप्न निर्देशन दिएको छ । यदि तोकिएको समयभित्र अनुसन्धान पूरा हुन नसकेमा कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई हिरासतबाट मुक्त गरेर थप अनुसन्धान अघि बढाउन भनिएको छ ।

अदालतको आदेशमा भनिएको छ कि चैत २१ गतेदेखि लागू भएको तेस्रो पटकको म्यादभित्रै आवश्यक निर्णय लिनुपर्नेछ, अन्यथा त्यसपछिको अवस्थामा हिरासतमा नराखी अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्