भर्नाको नाममा लिएको अवैध शुल्क फिर्ता गराउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क तथा निर्देशिकाभन्दा बाहिरका अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतले दिएको आदेशको पूर्ण कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न, शुल्क मापदण्डविपरीत रकम नलिन र अवैध रूपमा असुल गरिएको शुल्क अनिवार्य रूपमा फिर्ता गर्न भनिएको छ । विज्ञप्तिमा गैरकानुनी रूपमा शुल्क लिएर फिर्ता नगर्ने विद्यालयलाई कारबाही गरिने चेतावनी समेत दिइएको छ । साथै सर्वोच्च अदालतको आदेश उल्लङ्घन गरी शैक्षिक सत्र अगावै भर्ना लिने कार्य दण्डनीय हुनेतर्फ पनि मन्त्रालयले सचेत गराएको छ ।

आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु हुने तय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्