भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुर ले ‘स्विप अपरेसन’ सञ्चालन गर्दै हिजो एकैदिन ६० जनालाई पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का का अनुसार जिल्लाका विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । अपरेसनका लागि जिल्लाका दुई वटा प्रहरी वृत्त, प्रहरी प्रभाग तथा अन्य युनिटहरू परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सार्वजनिक स्थलमा शान्तिसुरक्षा भङ्ग गर्ने, शङ्कास्पद गतिविधिमा संलग्न हुने, समूहमा बसेर होहल्ला गर्ने तथा अन्य गलत गतिविधि गर्ने व्यक्तिहरूलाई लक्षित गरी उक्त अपरेसन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।







