प्रेम र बिछोडको कथा बोकेको गीत ‘नेपाल छोडि गईगयो’ सार्वजनिक

काठमाडौं – प्रेम र बिछोडको गहिरो भावनालाई समेट्दै ‘नेपाल छोडि गईगयो’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ । एक प्रेमी जोडी छुट्टिएर विदेशिनुपर्दाको पीडा र भावनात्मक संघर्षलाई गीतमार्फत मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

गीतमा विदेशिएका प्रेमीले आफ्नो पीडा र बेदना व्यक्त गरेका छन् भने नेपालमै रहेकी प्रेमीकाले सम्झना र मायाका अनुभूतिहरू पोखेकी छन् । यसले टाढा रहेका प्रेमी–प्रेमिकाबीचको भावनात्मक सम्बन्धलाई जीवन्त बनाएको छ ।

गीतमा स्वर गायक भरत भट्ट र गायिका रेखा जोशीको रहेको छ भने शब्द भानुभक्त जोशी तथा लय भरत भट्टको रहेको छ  । स्टुडियो फाइन ट्यूनमा तयार गरिएको यस गीतमा कलाकार दिया देवकोटा र किशोर चन्द ठकुरीको अभिनय देख्न सकिन्छ । भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने छायाङ्कन महेश महराले गरेका छन् ।

गीतको निर्देशन पनि भानुभक्त जोशीले नै गरेका छन् । समग्रमा, ‘नेपाल छोडि गईगयो’ गीतले वैदेशिक रोजगारीका कारण हुने पारिवारिक र प्रेम सम्बन्धका बिछोडलाई भावुक ढंगले उजागर गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्