कलाकार सागर लम्साल बले’ प्रहरी नियन्त्रणमा

काठमाडौं – सागर लम्साल ‘बले’ लाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जाल फेसबुक मार्फत लम्सालमाथि बलात्कारको आरोप लगाएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

ती युवतीका अनुसार, एक वर्षअघि अमेरिका बसाइँका क्रममा लम्सालले आफ्नै अपार्टमेन्टमा बोलाएर जबर्जस्ती गरेको आरोप छ। ‘अपार्टमेन्ट हेरौँ’ भनेर बोलाएको र त्यसपछि दुव्र्यवहार गरेको उनको भनाइ छ।

उनले आफूले चिनेको व्यक्तिमाथि विश्वास गरेर आफ्नो संघर्षका कुरा सुनाएको तर त्यसको दुरुपयोग भएको आरोप लगाएकी छन्। साथै, घटनाबारे परिवारलाई तत्काल भन्न नसकेपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपरेको उल्लेख गरेकी छन्।

घटनाबारे सार्वजनिक भएपछि प्रहरीले लम्सालको खोजी गरी नियन्त्रणमा लिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्