अपिहिमालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १,५९२ जनाले सेवा लिए

दार्चुला । अपिहिमाल गाउँपालिका र एक एक पाइला फाउन्डेशनको सहकार्यमा सञ्चालन भएको तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट कुल १ हजार ५९२ जना बिरामीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्, जसमा ४५७ पुरुष र १ हजार १३५ महिला रहेका छन्। शिविर अवधिभर विभिन्न स्वास्थ्य सेवामार्फत कुल ३ हजार १९ पटक सेवा प्रवाह गरिएको छ भने २९ वटा शल्यक्रिया (अपरेशन) सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ।

दर्ता विवरणअनुसार पहिलो दिन ६३२ जना (१८० पुरुष, ४५२ महिला), दोस्रो दिन ५९३ जना (१७० पुरुष, ४२३ महिला) र तेस्रो दिन ३६७ जना (१०७ पुरुष, २६० महिला) ले सेवा लिएका थिए। विभिन्न विभागअन्तर्गत नाक, कान, घाँटी (ENT) मा ३१३, सामान्य चिकित्सा ४३३, सामान्य शल्यक्रिया २०३, छाला तथा यौन रोग १४३, बाल रोग १२८, स्त्री तथा प्रसूति रोग २९९, दन्त सेवा ३२४, आँखा सेवा ४७८, प्रयोगशाला सेवा ४९१, अल्ट्रासाउन्ड २१४ र अस्थि तथा जोर्नी सेवा ३११ जनालाई प्रदान गरिएको थियो। साथै १९ वटा आँखा शल्यक्रिया र १९३ जनाको दाँत निकाल्ने सेवा समेत गरिएको थियो।

Cross consultation अन्तर्गत पहिलो दिन १,१७७, दोस्रो दिन १,१०० र तेस्रो दिन ७४२ गरी जम्मा ३,०१९ पटक सेवा प्रदान गरिएको थियो। शिविरमार्फत स्थानीय नागरिकहरूले विशेषज्ञ चिकित्सकबाट सहज रूपमा उपचार पाउनुका साथै रोग पहिचान र स्वास्थ्य सचेतनामा महत्वपूर्ण उपलब्धि हासिल भएको निष्कर्ष निकालिएको छ।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, आयोजक, सहयोगी संस्था तथा सम्पूर्ण सरोकारवालाप्रति गाउँपालिकाका अध्यक्ष भगत सिँह ठेकरे बोहराले धन्यवाद व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्