काठमाडौँ – प्रतिनिधि सभाले चैत २२ गतेभित्रै नयाँ सभामुख पाउने भएको छ। बुधबार बसेको सर्वदलीय बैठकले पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई दिने सहमति गरेको हो। प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ।
बैठकलगत्तै फागुन २० गते सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुई तिहाइ सिटसहित पहिलो दलको रूपमा रहेकोले उसले अघि सारेको उम्मेदवार चयन हुने लगभग निश्चित देखिएको छ।
रास्वपाले उपसभापतिसमेत रहेका डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।







