मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

काठमाडौँ – एक महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ। शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरिएको हो। कार्यदलले युद्धको प्रभावको समग्र अध्ययन गरी आवश्यक नीति तथा रणनीति तयार गर्नेछ।

कार्यदलले विशेषगरी वैदेशिक रोजगारी, आपूर्ति शृंखला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्ने बहुआयामिक प्रभावको मूल्यांकन गर्दै व्यवस्थापनका लागि सुझाव दिनेछ। सात दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत कार्ययोजना सहित प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ।

सरकारले उक्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाउने जनाएको छ। संयुक्त राज्य अमेरिकाइजरायलले गएको फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि युद्ध चर्किएको हो, जसको प्रभाव विश्वभर देखिन थालेको छ। यस युद्धका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा सुरक्षा जोखिम बढ्नुका साथै विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भएको छ, जसको असर नेपालमा पनि देखिएको छ।

यसैबीच, सरकारले हालै स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र अन्य विभिन्न समिति, कार्यदल र अध्ययन टोली पनि गठन गर्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्