रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिममा बढी शुल्क नलिन विभागको चेतावनी

काठमाडौँवैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिमका लागि तोकिएकोभन्दा बढी शुल्क नलिन सेवा प्रदायक संस्थाहरूलाई सचेत गराएको छ। विभागले आज सूचना जारी गर्दै तोकिएको शुल्कभन्दा बढी रकम लिने तालिम प्रदायक संस्थाहरूको इजाजतपत्र स्वतः रद्द गरिने चेतावनी दिएको हो। अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार प्रतिप्रशिक्षार्थी अधिकतम शुल्क ७०० रुपैयाँ मात्र तोकिएको विभागले स्मरण गराएको छ।

केही संस्थाहरूले तोकिएकोभन्दा बढी शुल्क लिइरहेको गुनासो आएपछि विभागले कडाइ गरेको जनाएको छ। कार्यविधि विपरीत शुल्क लिएको जानकारी प्राप्त भएमा वा गुनासो भएमा विभागमा उजुरी गर्न समेत आग्रह गरिएको छ।

विभागले श्रमिकहरूको हित संरक्षण र सेवा प्रदायक संस्थाहरूलाई कानुनी दायरामा राख्न यस्ता अनुगमनलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्