काठमाडौँ- काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन । आज बिहान रिजाललाई सुविधानगरमा रहेको निवासबाटै पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।
गएको भदौ २३ र २४ गते नवयुवा आन्दोलन हुँदा प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो । रिजालमाथि आन्दोलनमा दमन गरेको आरोप लागेको छ । यसअघि प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।






