मुग्लिङ-मलेखु सडकखण्ड तीन रात बन्द हुने

File Photo

काठमाडौँमुग्लिङ-मलेखु सडकखण्ड आजदेखि तीन दिनसम्म रातिको समयमा बन्द हुने भएको छ। यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६को घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन राति सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।

मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड)का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइनेछ।

यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र गतिमा अघि बढाइने सडक योजनाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्