काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सेवा प्रदान गर्दा कुनै पनि प्रकारको विभेद नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
बीमित सेवाग्राहीप्रति असमान व्यवहार भएको गुनासो प्राप्त भएपछि बोर्डले सम्बन्धित संस्थाहरूलाई कानुनअनुसार सेवा सुनिश्चित गर्न आग्रह गरेको हो। बोर्डले सबै स्वास्थ्य संस्थाहरूलाई प्रचलित ऐन, नियमावली तथा कार्यविधिको पूर्ण रूपमा पालना गर्न स्पष्ट निर्देशन दिएको छ।
बोर्डले अनुगमनलाई अझ प्रभावकारी बनाउने जनाउँदै नियम उल्लंघन गर्ने संस्थामाथि कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।






