ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको छ। अध्यक्ष साम्पाङका अनुसार ‘सुनिता खड्का’ नामक टिकटक आईडीबाट आफू तथा आफ्नो परिवारलाई लक्षित गरी गम्भीर धम्की दिइएको हो। उक्त आईडीबाट घर जलाउने, ज्यान मार्ने जस्ता धम्की दिइएको भन्दै उहाँले कानुनी कारबाहीको माग गर्नुभएको छ।

साम्पाङले सार्वजनिक गरेको उजुरीमा सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग, गालीगलौज तथा भ्रम फैलाउने कार्य भएको उल्लेख गर्दै प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ। यस घटनाले सामाजिक सञ्जालमा बढ्दो दुरुपयोग र साइबर अपराधको विषय पुनः चर्चामा आएको छ भने प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्