काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट सचिव पदमा उद्धव प्रसाद गौतम चयन हुनुभएको छ। अध्यक्ष गिरिराज पोखरेल नेतृत्वमा गठित नयाँ कार्यसमितिमा गौतमको चयनलाई संघभित्र अनुभव र सक्रियताको संयोजनका रूपमा हेरिएको छ। उहाँसँगै महिला सचिवमा सुशिला चौलागाई र शर्मिला लुइटेल चयन भएका छन् भने अन्यसचिवमा प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम , प्रविन बगाले र गणेश सिवाकोटी समेत चयन भएका छन् ।
नवनिर्वाचित सचिव उद्वव प्रसाद गौतमले संघलाई व्यवसायीहरूको साझा मञ्चका रूपमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संघभित्रको कार्यप्रणालीलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउँदै सदस्यहरूको हकहित संरक्षणमा केन्द्रित भएर काम गर्ने बताउनुभयो। गौतमका अनुसार व्यापार–व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि संघको भूमिका अझ सशक्त हुनुपर्ने आवश्यकता छ। “संघ केवल औपचारिक संस्था होइन, व्यवसायीको वास्तविक आवाज बन्नुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले आगामी कार्यकालमा सदस्य व्यवसायीहरूसँग प्रत्यक्ष समन्वय बढाउने, उनीहरूको समस्या सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने तथा व्यवसायिक क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना अघि सार्नुभएको छ। साथै संघभित्र सूचना प्रवाहलाई छिटो, व्यवस्थित र पहुँचयोग्य बनाउनेतर्फ पनि आफूले विशेष ध्यान दिने बताउनुभयो।
उद्धवप्रसाद गौतमको चयनसँगै नेपाल व्यापार संघभित्र नयाँ ऊर्जा, सक्रियता र समन्वयात्मक कार्यशैलीको अपेक्षा गरिएको छ। उहाँले आफूलाई जिम्मेवारीपूर्ण, समर्पित र परिणाममुखी नेतृत्वका रूपमा प्रस्तुत गर्दै सदस्यहरूको विश्वासलाई कायम राख्ने प्रतिबद्धता जनाउनुभएको छ।
१७ औँ अधिवेशनबाट अध्यक्ष गिरिराज पोखरेलको नेतृत्वमा मनोनित गरि १०० सदस्यीय कार्यसमिति चयन भएको छ । कुल १०५ सस्यीय कार्यसमितिमा बाँकि सदस्य मनोनित हुनेछन् ।
गिरिराज पोखरेलको काँधमा अब नेपाल व्यापार संघको जिम्मेवारी

नयाँ कार्यसमितिसँगै संघलाई अझ सुदृढ, व्यवस्थित र सदस्य–केन्द्रित बनाउने अपेक्षा गरिएको छ। व्यवसायीहरूको हकहित संरक्षण, नीतिगत सुधारमा सक्रिय भूमिका, निजी क्षेत्र र सरकारी निकायबीच समन्वय विस्तार, तथा संघको कार्यप्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने दिशामा पोखरेल नेतृत्वको टोलीले काम गर्ने विश्वास गरिएको छ। साथै, संघलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी व्यवसायीको दैनिक समस्या समाधानसँग जोड्ने, नवीन सोच र युवा ऊर्जालाई समेट्ने तथा संस्थागत विकासलाई गति दिने लक्ष्यसहित अगाडि बढ्ने अपेक्षा गरिएको छ। उहाँको नेतृत्वमा नेपाल व्यापार संघ अझ प्रभावकारी, जिम्मेवार र उदाहरणीय संस्थाका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

यसअघि पनि सक्षम नेतृत्व नै नेपाल व्यापार संघको जिम्मेवारीमा रहेको थियो । वि.सं. २०५५ सालदेखि संघको हित, उन्नति र संगठन विस्तारका लागि निरन्तर रूपमा समर्पित रहँदै यहाँले साधारण सदस्यका रूपमा आफ्नो यात्रा प्रारम्भ गरी सल्लाहकार हुदैँ निर्वाचन प्रक्रियामार्फत चयन भई सचिव, महासचिव, उपाध्यक्ष तथा अध्यक्ष पदसम्म संघको नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका हरि गौतमले नयाँ नेतृत्वलाइ जिम्मेवारी दिने भन्दै आफु नदोहरिने प्रतिवद्धता जनाउनुभएको थियो । सोहि अनुरुप प्रथम उपाध्यक्ष समेत रहेका गिरिराज पोखरेलले आफ्नो काँधमा जिम्मेवारी लिने भन्दै अध्यक्ष पदमा मनोनय दर्ता गराएका थिए । सोहि अनुरुप उहाँलाई नै अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा दिएका हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयकृष्ण शर्मा, प्रथम उपाध्यक्षमा पार्वती पौडेल भट्ट, द्वितीय उपाध्यक्षमा श्यामसुन्दर रुङ्गाटा तथा महिला उपाध्यक्षमा लक्ष्मी कुमारी बराल र पदमा बराल चयन भएका छन्।

काठमाडौँ उपत्यकाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुँदा सातै प्रदेशबाट दिपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा ज्योतिकुमार श्रेष्ठ, कोषाध्यक्षमा देवराज कार्की तथा उपमहासचिवमा दिपकप्रसाद सापकोटा र जगन्नाथ खनाल चयन भएका छन्।
सचिव पदमा महिला सचिवका रूपमा शुसिला चौलागाई र शर्मिला लुईँटेल चयन भएका छन् भने अन्य सचिवहरूमा उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, प्रविन बगाले र गणेश सिवाकोटी रहेका छन्। सहसचिवमा रामकुमार श्रेष्ठ, कमलराज अधिकारी, केदार पोखरेल, शारदा रेग्मी सुवेदी, विष्णुप्रसाद शर्मा, अनिल खतिवडा र विवेक खत्री तथा सहकोषाध्यक्षमा आङ छिरिङ शेर्पा र चण्डी कुमारी ढकाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सुवास कडेल, आनन्द न्यौपाने, नविन भट्टराई, महेश मित्र पण्डित, हरिशरण पराजुली, प्रदीप कार्की, प्रवेश भट्ट, सुमन राई, सोमबहादुर श्रेष्ठ, सुजता बुढाथोकी खड्का, सुवास परियार, एकराज विष्ट, लवदेव भट्ट, पुनम खत्री बञ्जारा, जनम पाण्डे, सुरेन्द्र श्रेष्ठ, उर्मिला पराजुली, मीना पौडेल, डोलेश्वर सिवाकोटी, रत्नबहादुर देवकोटा, सुरेश तिवारी, अम्बिका हुमागाईँ, प्रकाश श्रेष्ठ, बलभद्र ढकाल, शान्तवीर व्याञ्जु, हरिलाल कँडेल, विकास अग्रवाल, दुर्गाप्रसाद न्यौपाने, शिवकुमार घिमिरे, अनुप अग्रवाल, सीताराम चुहान, सुजनकुमार श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, रेशमकुमार श्रेष्ठ, अच्युत सापकोटा, भुवन थापा, समिर डोटेल, सारदा प्रसाद पराजुली, बोलकुमारी भण्डारी, तारादेवी श्रेष्ठ, पासाङ डोल्मा शेर्पा, दिपककुमार कार्की, दिनेशचन्द्र भट्टराई, सुशिल प्रधान, इन्द्रकुमार मैनाली, सृजना गुरुङ, मनिषकुमार भेटवाल, रमेश भट्टराई, सुरेश खतिवडा, बाबुराम सापकोटा, शम्भुप्रसाद आचार्य, शम्भुकुमार रौनियार, डिल्लीबहादुर विष्ट, विक्रम खड्का, नरेश थापा, प्रवेश भट्ट, उद्धव पन्त, रिता काफ्ले, बासना श्रेष्ठ र रमेश गौतम चयन भएका छन्। नवगठित कार्यसमितिले संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै व्यापारिक हकहित संरक्षण र संस्थागत विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।






