काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ। उहाँलाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्न सीआइबीले उहाँलाई नियन्त्रणमा लिएको जनाइएको छ।






