आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि देशभर आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ। आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

पार्टीका सचिव महेश बस्नेतका अनुसार मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई चैत १४ गते शनिबार बिहान पक्राउ गरिएको थियो।

पक्राउलगत्तै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो। पार्टीको निर्णयअनुसार कार्यकर्ताहरू प्रदर्शनमा उत्रिँदा शनिबार दिनभर काठमाडौँको माइतीघर–बिजुलीबजार क्षेत्र तनावग्रस्त बनेको थियो।

एमालेले ओली र लेखकको गिरफ्तारी गैरकानुनी र पूर्वाग्रही भएको दाबी गर्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्