त्यो समयमा डर र अनिश्चयबीच मैले जिम्मेवारी सम्हालेँः प्रधानमन्त्री कार्की

File Photo

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बिदा हुनुअघि राष्ट्रका नाममा भावुक सम्बोधन गर्दै आफ्नो कार्यकालको अनुभव र चुनौतीहरू स्मरण गर्नुभएको छ। सम्बोधनका क्रममा उहाँले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनालाई विशेष रूपमा उल्लेख गर्दै त्यस अवधिमा देशले भोगेको पीडा र अस्थिरतालाई सम्झनुभयो। “त्यो समयमा डर र अनिश्चयबीच मैले जिम्मेवारी सम्हालेँ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै “तपाईंहरू एक्लो हुनुहुन्न” भन्ने सन्देश दिनुभयो। आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी तथा ऐतिहासिक धरोहर र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि उहाँले गहिरो दुःख व्यक्त गर्नुभयो।

उहाँले आफ्नो सम्बोधनमा संकटका बेला राष्ट्रलाई एकजुट भएर अघि बढ्न आह्वान गर्दै भविष्यप्रति आशावादी रहन आग्रह गर्नुभयो। “हामी फेरि उठ्नेछौँ,” भन्दै उहाँले राष्ट्रिय एकता, सहकार्य र सकारात्मक सोचमार्फत देशलाई अगाडि बढाउन सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री कार्कीले भदौ २७ गते आफूले जिम्मेवारी सम्हाल्दा मनमा डर भए पनि देशलाई स्थिरता र आशाको दिशामा लैजाने दृढता रहेको उल्लेख गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्