देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सांकेतिक तस्बिर

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेस प्रदेशलुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। साथै कोशी, गण्डकी प्रदेशकर्णाली प्रदेश का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो पनि कोशीसहित देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोशी, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति भने देशका हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्