नेपाली काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा

तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौँ – नेपाली काँग्रेस को केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। यसअघि गत शुक्रबार र आइतबार बसेको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। भोलिदेखि सुरु हुने बैठकमा पार्टीको आगामी महाधिवेशनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

विशेष महाधिवेशनसँगै सुरु भएको काँग्रेसको आन्तरिक विवाद प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजित भएसँगै थप चुलिएको छ। यही पृष्ठभूमिमा बस्न लागेको केन्द्रीय समिति बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। पार्टीका अनुसार भोलिदेखि सुरु हुने बैठकमा सभापति थापा स्वयं सहभागी हुनेछन् र आन्तरिक विवाद समाधान तथा संगठन सुदृढीकरणका विषयमा समेत छलफल केन्द्रित हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्