एनआरएनए र नेपाली मूलका नागरिकका लागि त्रिभुवन विमानस्थलमा छुट्टै डेस्क स्थापना हुने

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब विश्वभर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए) का लागि आगमन तथा प्रस्थान कक्षमा छुट्टै डेस्क स्थापना गरिने भएको छ। अध्यागमन विभागका अनुसार विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली मूलका नागरिक र एनआरएनहरूलाई सहज सेवा प्रदान गर्ने, नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको आत्मीयता अझ सुदृढ बनाउने तथा पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो। विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्क व्यवस्थापन गर्न निर्देशन दिएको जनाएको छ। लामो समयदेखि यस विषयमा आवाज उठाउँदै आएको एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले सरकारको निर्णयको स्वागत गरेको छ।

एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह प्रशासनप्रति धन्यवाद व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि यस निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकलाई सम्मानित महसुस गराउने र उनीहरूलाई नेपालसँग भावनात्मक रूपमा अझ नजिक ल्याउने विश्वास लिइएको छ। यस व्यवस्थाको कार्यान्वयनले विमानस्थलमा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्