गिरिराज पोखरेलको काँधमा अब नेपाल व्यापार संघको जिम्मेवारी

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट गिरिराज पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै संघको समग्र जिम्मेवारी अब उहाँको काँधमा आएको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनले पोखरेललाई अध्यक्षमा चयन गर्दै संघलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र दिगो नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेको हो। लामो समयदेखि व्यापार व्यवसाय र संस्थागत नेतृत्वमा संलग्न रहँदै आएका पोखरेलको अनुभव, समन्वय क्षमता र दूरदृष्टिका कारण व्यवसायी समुदायले उहाँमाथि ठूलो भरोसा व्यक्त गरेका छन्।

नयाँ कार्यसमितिसँगै संघलाई अझ सुदृढ, व्यवस्थित र सदस्य–केन्द्रित बनाउने अपेक्षा गरिएको छ। व्यवसायीहरूको हकहित संरक्षण, नीतिगत सुधारमा सक्रिय भूमिका, निजी क्षेत्र र सरकारी निकायबीच समन्वय विस्तार, तथा संघको कार्यप्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने दिशामा पोखरेल नेतृत्वको टोलीले काम गर्ने विश्वास गरिएको छ। साथै, संघलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी व्यवसायीको दैनिक समस्या समाधानसँग जोड्ने, नवीन सोच र युवा ऊर्जालाई समेट्ने तथा संस्थागत विकासलाई गति दिने लक्ष्यसहित अगाडि बढ्ने अपेक्षा गरिएको छ। उहाँको नेतृत्वमा नेपाल व्यापार संघ अझ प्रभावकारी, जिम्मेवार र उदाहरणीय संस्थाका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

यसअघि पनि सक्षम नेतृत्व नै नेपाल व्यापार संघको जिम्मेवारीमा रहेको थियो । वि.सं. २०५५ सालदेखि संघको हित, उन्नति र संगठन विस्तारका लागि निरन्तर रूपमा समर्पित रहँदै यहाँले साधारण सदस्यका रूपमा आफ्नो यात्रा प्रारम्भ गरी सल्लाहकार हुदैँ निर्वाचन प्रक्रियामार्फत चयन भई सचिव, महासचिव, उपाध्यक्ष तथा अध्यक्ष पदसम्म संघको नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका हरि गौतमले नयाँ नेतृत्वलाइ जिम्मेवारी दिने भन्दै आफु नदोहरिने प्रतिवद्धता जनाउनुभएको थियो । सोहि अनुरुप प्रथम उपाध्यक्ष समेत रहेका गिरिराज पोखरेलले आफ्नो काँधमा जिम्मेवारी लिने भन्दै अध्यक्ष पदमा मनोनय दर्ता गराएका थिए । सोहि अनुरुप उहाँलाई नै अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा दिएका हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयकृष्ण शर्मा, प्रथम उपाध्यक्षमा पार्वती पौडेल भट्ट, द्वितीय उपाध्यक्षमा श्यामसुन्दर रुङ्गाटा तथा महिला उपाध्यक्षमा लक्ष्मी कुमारी बराल र पदमा बराल चयन भएका छन्।

काठमाडौँ उपत्यकाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुँदा सातै प्रदेशबाट दिपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा ज्योतिकुमार श्रेष्ठ, कोषाध्यक्षमा देवराज कार्की तथा उपमहासचिवमा दिपकप्रसाद सापकोटा र जगन्नाथ खनाल चयन भएका छन्।

सचिव पदमा महिला सचिवका रूपमा शुसिला चौलागाई र शर्मिला लुईँटेल चयन भएका छन् भने अन्य सचिवहरूमा उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, प्रविन बगाले र गणेश सिवाकोटी रहेका छन्। सहसचिवमा रामकुमार श्रेष्ठ, कमलराज अधिकारी, केदार पोखरेल, शारदा रेग्मी सुवेदी, विष्णुप्रसाद शर्मा, अनिल खतिवडा र विवेक खत्री तथा सहकोषाध्यक्षमा आङ छिरिङ शेर्पा र चण्डी कुमारी ढकाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सुवास कडेल, आनन्द न्यौपाने, नविन भट्टराई, महेश मित्र पण्डित, हरिशरण पराजुली, प्रदीप कार्की, प्रवेश भट्ट, सुमन राई, सोमबहादुर श्रेष्ठ, सुजता बुढाथोकी खड्का, सुवास परियार, एकराज विष्ट, लवदेव भट्ट, पुनम खत्री बञ्जारा, जनम पाण्डे, सुरेन्द्र श्रेष्ठ, उर्मिला पराजुली, मीना पौडेल, डोलेश्वर सिवाकोटी, रत्नबहादुर देवकोटा, सुरेश तिवारी, अम्बिका हुमागाईँ, प्रकाश श्रेष्ठ, बलभद्र ढकाल, शान्तवीर व्याञ्जु, हरिलाल कँडेल, विकास अग्रवाल, दुर्गाप्रसाद न्यौपाने, शिवकुमार घिमिरे, अनुप अग्रवाल, सीताराम चुहान, सुजनकुमार श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, रेशमकुमार श्रेष्ठ, अच्युत सापकोटा, भुवन थापा, समिर डोटेल, सारदा प्रसाद पराजुली, बोलकुमारी भण्डारी, तारादेवी श्रेष्ठ, पासाङ डोल्मा शेर्पा, दिपककुमार कार्की, दिनेशचन्द्र भट्टराई, सुशिल प्रधान, इन्द्रकुमार मैनाली, सृजना गुरुङ, मनिषकुमार भेटवाल, रमेश भट्टराई, सुरेश खतिवडा, बाबुराम सापकोटा, शम्भुप्रसाद आचार्य, शम्भुकुमार रौनियार, डिल्लीबहादुर विष्ट, विक्रम खड्का, नरेश थापा, प्रवेश भट्ट, उद्धव पन्त, रिता काफ्ले, बासना श्रेष्ठ र रमेश गौतम चयन भएका छन्। नवगठित कार्यसमितिले संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै व्यापारिक हकहित संरक्षण र संस्थागत विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्