काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना

तस्बिर : चाँदनी आचार्य गोरखापत्र

कैलाली – कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका-१ सुखड नजिक दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई सडकबाट तल खाल्डोमा खसेको थियो । दुर्घटनामा परेर स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते भएका छन् । उनको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रत्यक्षदर्शी नन्दा खत्रीका अनुसार बसले पैदलयात्रीलाई जोगाउन खोज्दा विपरीत दिशातर्फ मोडिएर दुर्घटनामा परेको हो । बसमा सवार केही यात्रुहरूलाई पनि सामान्य चोट लागेको छ र उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय सुखड ले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्