ईद उल फित्र पर्व आज देशभरका मुस्लिम समुदायले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउदैँ

काठमाडौँ – ईद उल फित्र पर्व आज देशभरका मुस्लिम समुदायले श्रद्धा, भक्ति र उल्लासका साथ मनाइरहेका छन् । हिजरी संवत अनुसार नवौँ महिनाभर निराहार व्रत (रोजा) बसेपछि मनाइने यस पर्वमा आज विशेष नमाज अदा गरी ठूलाबडाबाट आशीर्वाद लिने र आफन्तबीच शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ । नमाजपछि तीन दिनसम्म आफन्त र छिमेकीकहाँ गई आशीर्वाद लिने तथा सानालाई आशीर्वाद दिने चलन छ । यस अवसरमा सेवई, खजुर लगायतका परिकार बाँडेर खुसी साटासाट गरिन्छ ।

यस पर्वको मुख्य विशेषता दान–पुण्यमा केन्द्रित रहेको छ । कुरान मा उल्लेख भएअनुसार मुस्लिम धर्मावलम्बीले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत ‘जकात’का रूपमा दीन–दुःखी र गरीबलाई दान गर्ने गर्छन् । साथै, सदकात उल फितर (फितर) स्वरूप प्रत्येक व्यक्तिले आफ्नो हैसियतअनुसार गहुँ वा बराबरको नगद दान गर्ने प्रचलन छ, जुन आमाको गर्भमा रहेको शिशुको तर्फबाट समेत दिनुपर्ने मान्यता छ । एक महिनासम्म रोजा बस्ने परम्परा पूरा भएपछि नयाँ लुगा लगाई आपसी भेटघाट, शुभकामना आदानप्रदान र सहयोगको भावनासहित मनाइने ईद उल फित्र मुस्लिम समुदायको एक महत्वपूर्ण पर्वका रूपमा परिचित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्