तत्कालीन प्रधानमन्त्री ओली सहित सम्बन्धित अधिकारीहरूलाई कारबाही गर्न सिफारिस

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित सम्बन्धित अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगकी सदस्य लिली थापा को अध्यक्षतामा गठित छानबिन समितिले करिब साढे नौ हजार पृष्ठ लामो प्रतिवेदन शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगर लाई बुझाएको हो । प्रतिवेदनमा तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका प्रमुखहरूलाई समेत उक्त घटनाको जिम्मेवार ठहर गरिएको छ ।

छानबिनका क्रममा राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिले पर्याप्त तयारी नगरेको निष्कर्ष निकाल्दै ती निकायका पदाधिकारीहरूलाई पनि कारबाही सिफारिस गरिएको समितिका एक अधिकारीले बताएका छन् । आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित ८१ जनाको बयान लिएको थियो भने पूर्वतयारीको अभावका कारण आन्दोलनमा ठूलो मानवीय क्षति भएको ठहर गरेको छ । भदौ २४ गते गठन भएको समितिले करिब छ महिनाभन्दा लामो समय लगाएर छानबिन पूरा गरेको हो । आयोगको आगामी बैठकमा उक्त प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्