कांग्रेस केन्द्रीय समिति बैठक आज, राजीनामा र रणनीतिमा केन्द्रित छलफल हुने

काठमाडौँ- नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सानेपा केन्द्रीय कार्यालय मा आयोजना हुने जानकारी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थिति रहनेछ। छलफलका प्रमुख एजेन्डामा हालै सम्पन्न निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी रणनीति तय गर्ने विषय रहेका छन्।

विशेषगरी पार्टी सभापति गगन थापा ले दिएको राजीनामा र आगामी महाधिवेशनबारे बैठकमा गम्भीर छलफल हुने बताइएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन नसकेपछि थापाले राजीनामा दिएका हुन्।

उक्त राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र दुई धार देखिएको छ। साथै आगामी दिनमा पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा पनि बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्