वृत्तचित्र निर्माणमा अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर

अछाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अभिनेता राजेश हमालको तस्वीर प्रयोग गरी बनाइएको भनिएको वृत्तचित्रका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ अनियमितता भएको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार अध्यक्ष साउदसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउन्डेशन का अध्यक्ष रामजी लम्साल विरुद्ध मुद्दा दायर गरिएको हो।

हमालको नाम जोडेर चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारले जनाएको छ। उक्त रकममा अनियमितता भएको ठहर गर्दै आयोगले सबै प्रतिवादीसँग बिगो असुली तथा थप सजायको माग गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्