रवि लामिछाने प्रकरणमा सर्वोच्चको आदेश, महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ।

न्यायाधीश सारङ्गा सुवेदीसुनिलकुमार पोखरेलको इजलासले गएको माघ २ गतेको निर्णयसमेत पेश गर्न निर्देशन दिएको हो। यसअघि पुस ३० गते सविता भण्डारीले लामिछानेविरुद्ध कास्की जिल्ला अदालत, काठमाडौँ जिल्ला अदालत, रुपन्देही जिल्ला अदालतपर्सा जिल्ला अदालत मा दायर मुद्दामा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो।

तर त्यसको भोलिपल्ट माघ २ गते लामिछानेसहित अन्य आरोपीका हकमा पनि आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको थियो। सर्वोच्चमा भने पुस ३० गतेको निर्णय मात्र पेश भएको पाइएपछि इजलासले दुवै निर्णय पेश गर्न आदेश दिएको हो।

इजलासले यस मुद्दाको अर्को सुनुवाइ चैत ९ गतेका लागि तोक्न पनि निर्देशन दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्