समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई भोलि प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अनुसार बिहान ११ बजे कान्तिपथ स्थित आयोगको प्राङ्गणमा एक समारोहका बीच प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय गरिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जना सांसदले भने यसअघि नै प्रमाणपत्र प्राप्त गरिसकेका छन्। सांसदहरूको शपथ ग्रहण कार्यक्रम भने चैत १२ गते गर्ने तयारी गरिएको छ।

यस निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा स्थापित भएका छन्। १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो दलका रूपमा रहेका छन्।

यसैगरी, श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ सिटसहित छैटौँ दलका रूपमा उभिएका छन्। साथै, एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्