सेकरिड हार्ट एकेडेमीको २३औँ वार्षिकोत्सव सम्पन्न, जिपिए ४ ल्याउने विद्यार्थी सम्मानित

भक्तपुर – सेकरिड हार्ट एकेडेमी को २३औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम–२०८२ भक्तपुर नगरपालिका–४ गःपलीमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापति ले मिहिनेत, अभ्यास र अवसरले मात्र विद्यार्थीलाई सफल बनाउने उल्लेख गर्दै अवसर पाए प्रत्येक विद्यार्थीले उत्कृष्टता हासिल गर्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको क्षमता अनुसारको शिक्षा प्रदान गर्नु शिक्षकको प्रमुख दायित्व भएको बताउँदै एसईई २०८१ मा ४ जीपीए ल्याउने विद्यार्थी प्रिन्स लामा सहित सबै विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो।

विद्यालयका प्रिन्सिपल श्रीराम सुवाल ले एसईई २०८१ मा ४ जीपीए ल्याउन सफल विद्यार्थी प्रिन्स लामालाई प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। हाल करिब ६०० विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै उहाँले किताबी ज्ञानसँगै असल संस्कारको विकासमा विद्यालयले जोड दिएको बताउनुभयो। कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्का ले विद्यालयको उपलब्धिको प्रशंसा गर्दै सक्षम विद्यार्थी, मेहनती शिक्षक, कुशल व्यवस्थापन र अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउनुभयो।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, उत्प्रेरक विकाश देव लामा, प्याव्सनका उपाध्यक्ष राम पिरसीद खाताखो लगायतको उपस्थिति रहेको थियो। वार्षिकोत्सवमा एसईईका उत्कृष्ट विद्यार्थी, शिक्षक–कर्मचारी तथा कक्षागत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिनुका साथै विभिन्न विधामा उत्कृष्ट र विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमले समारोहलाई आकर्षक बनाएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्