कैलाली – चलचित्र पत्रकार संघ नेपाल कैलाली शाखाले सोमबार दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनको अवसरमा नयाँ कार्यसमिति गठन गरिएको छ। संघका केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट विवेक नागरी अध्यक्षमा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकु सिंह ठकुरी, कोषाध्यक्षमा यमुना साउँद र सह-सचिवमा यज्ञराज अवस्थी चयन भएका छन्।यस्तै, सदस्यहरुमा रक्षा बगचन, राजु चौधरी, विरेन्द्र सिंह, सावित्री जोशी र महेन्द्र चौधरीलाई चयन गरिएको छ।
नवनिर्वाचित अध्यक्ष विवेक नागरीले सहयोग र मार्गदर्शन गर्नुहुने सबै आदरणीय व्यक्तिहरू प्रति हार्दिक नमन व्यक्त गर्दै नयाँ कार्यसमितिले संघको गतिविधिलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अधिवेशनले संघका सदस्यबीच सहकार्य र पत्रकारिताको पेशागत विकासमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ।








