रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौंसर्वोच्च अदालत ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा मंगलबारका लागि राखेको छ।न्यायाधीशद्वय सारङ्गा सुवेदीसुनिलकुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो। आज पनि बहस नसकिएकाले मंगलबार पुनः सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले जानकारी दिएका छन्।

यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्लश्रीकान्त पौडेल को संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि चैत १ गते पेस गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। सो निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्