अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखा ले अझै केही दिन देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र मौसम बदली रहने सम्भावना रहेको जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का विभिन्न स्थानमा वर्षा भएको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काठमाडौं र आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपख मौसम बदली भई हल्का वर्षा हुने सम्भावना रहेको छ। हिजोको वर्षा र हावाहुरीका कारण वायुप्रदूषण केही घटे पनि पूर्ण रूपमा हट्न भने सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्