कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

काठमाडौं – कुवेत मा रहेका नेपालीहरू साउदी अरेबिया हुँदै नेपाल फर्किन पाउने भएका छन्। कुवेतको वैध रेसिडेन्ट पर्मिट अर्थात् कुवेती सिभिल आईडी भएका नेपालीले साउदी हुँदै नेपाल फर्किन पाउने व्यवस्था मिलाइएको हो।

कुवेतस्थित नेपाली दूतावास ले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीहरूले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ। भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी त्यहाँको विमानस्थल प्रयोग गरेर नेपाल जान सकिने दूतावासले जनाएको छ।

दूतावासले साउदी भिसाका लागि अनलाइनमार्फत आवेदन दिन अनुरोध गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल फर्किन चाहने नेपालीका लागि यस्तो व्यवस्था मिलाइएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्