पाथिभराको आयोजनामा नेसनल प्याव्सनको साइन्स एण्ड रोबटिक एक्ज्युभेशन सम्पन्न

भक्तपुर- नेसनल प्याव्सनको कार्यक्रम अन्तर्गत पाथिभरा एकेडेमी स्कुलको आयोजनामा साइन्स एण्ड रोबटिक एक्ज्युभेशन प्रतियोगिता दुई श्रेणीमा भव्यताका साथ सम्पन्न भएको छ । आधारभूत तहको प्रतियोगितामा क्वालिटी स्कुल विजेता, विमल मेमोरियल स्कुल प्रथम उपविजेता, मदरल्याण्ड र संस्कार गुरूकुल स्कुलका विद्यार्थी समूह दोश्रो उपविजेता हुन सफल भएका थिए ।

त्यसै गरी माध्यमिक तहको प्रतियोगितामा विमल मेमोरियल स्कुल विजेता, संस्कार गुरूकूल प्रथम उपविजेता र मदरल्याण्ड स्कुलको विद्यार्थी समूहले दोश्रो उपविजेताको उपाधि प्राप्त गर्न सफल भएका थिए । विज्ञान र प्रविधिको यूगमा विद्यार्थीहरुलाई अनुसन्धान र आविष्कारमा विश्व बजारको प्रतिष्पर्धी बनाउन प्रेरणा स्वरुप आयोजना गरिएको साइन्स एण्ड रोबटिक एक्ज्युभेशन प्रतियोगिता पाथिभरा एकेडेमीका प्रिन्सिपल रमेश प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न कटवालले विजेता विद्यार्थी समूहलाई पुरस्कृत गर्नु भएको थियो ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाथिभरा एकेडेमीले आयोजना गरेको साइन्स एण्ड रोबटिक एक्ज्युभेशन प्रतियोगिता शैक्षिक वर्ष २०८२ को अन्तिम कार्यक्रम रहेको बताउँदै आयोजक स्कुललाई आभार प्रकट गर्नु भएको थियो । साथै अध्यक्ष खड्काले नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सबै सदस्य विद्यालयहरुलाई वर्ष भरी विविध कार्यक्रम सम्पन्न गर्न सहयोग एवं साथ दिनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्