धनुषा-१ मा किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालत ले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग को निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश दिएको छ।

आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने माग गर्दै साहले अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। तर सर्वोच्चले उनको मागअनुसार अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको जनाएको छ।

न्यायाधीश विनोद शर्मामेघराज पोखरेल को इजलासले यस्तो आदेश दिएको हो। यस आदेशसँगै हालका लागि निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ।

यससँगै मात्रिका यादव निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय सदर हुने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्