मनकामना दर्शनबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ जनाको मृत्यु

PHOTO: AI

काठमाडौं- मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

शहिद लखन गाउँपालिका-३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो। माइक्रो बसमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ८ जनालाई उद्धार गरी आँबुखैरेनी स्थित अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्