काठमाडौं – नेपाली कांग्रेस ले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार बैठक आगामी आइतबार दिउँसो १ बजे बीपी नगर स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि निर्वाचन आयोग नेपाल मा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्यहरूको अन्तिम नाम छनोट गरी आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय गरिनेछ।
कृष्णप्रसाद दुलाल द्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ।







