काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ। पार्टीका सभापति रवि लामिछाने को निर्देशनअनुसार सचिवालय बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
प्रवक्ता झाले बैठकको समय र स्थान भने सभापति लामिछानेको स्वास्थ्य अवस्था हेरेर छिट्टै जानकारी गराइने बताए। बैठकको कार्यसूचीमा समानुपातिकतर्फका सांसदको नाम सिफारिस तथा सम्बन्धित प्रक्रियाबारे छलफल हुने उनले जानकारी दिएका छन्।







