चुनावी समीक्षा गर्न चैत पहिलो सातामा कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं – नेपाली कांग्रेस ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसे ले निर्वाचनको समग्र समीक्षा गर्न चैतको पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार निर्वाचनमा भएका गतिविधि र परिणामबारे विस्तृत छलफल गर्न देशभरका जिल्ला कार्यसमितिहरूबाट प्रतिवेदन माग गरिएको छ। “निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामी लागेका छौँ,” प्रवक्ता चालिसेले बताएका छन्, “निर्वाचनमा के–के भयो भन्नेबारे केन्द्रीय समितिमा छलफल गर्न जिल्ला जिल्लाबाट प्रतिवेदन माग गरिएको छ र प्रतिवेदन आउने क्रम सुरु भएको छ।”

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस यसपटकको निर्वाचनमा दोस्रो स्थानमा झरेको छ। पार्टीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट गरी कुल ३८ सिट मात्र जितेको छ।

निर्वाचन परिणामपछि पार्टी इतिहासमै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा संसद्मा उभिनुपर्ने अवस्था आएको भन्दै यसको कारण र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाउने तयारी गरिएको कांग्रेसले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्